जोडिनुहोस
  • होमपेज
  • मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु

मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु

प्यूठान। प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार ऐरावती गाउँपालिका–४ कैरनबाट प्यूठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजलको मृत्यु भएको हो ।

उनका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए।

घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक प्यूठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका