जोडिनुहोस
  • होमपेज
  • वाइडबडी घोटाला: नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

वाइडबडी घोटाला: नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना

काठमाडौं। वाइडबडी विमान घोटाला प्रकरणमा नेपाली पक्षलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर (सात अर्ब ४९ करोड २६ लाख रुपैयाँभन्दा बढी) जरिवाना गरिएको छ ।

अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले एक विज्ञप्ति जारी गर्दै एएआर कर्पलाई ५५ मिलियन डलर जरिवाना गरिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ’सन् २०१५ देखि २०२० को बीचमा एएआरले नेपाल र दक्षिण अफ्रिकामा सरकारी स्वमित्वको एअलायन्ससँग व्यापार प्राप्त गर्न र कायम राख्न सरकारी अधिकारीलाई घुस दिने षड्यन्त्र गरेको थियो ।’

घुस दिएपछि कम्पनीले २४ मिलियन अमेरिकी डलरबराबरको व्यापार प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ । एएआरले विभिन्न बिचौलिया कम्पनीमार्फत नेपाली अधिकारीलाई घुस दिएको विज्ञप्तिमा जनाइएको छ ।

दुई वाइडबडी विमान ए३३०–२०० विमान बिक्री गर्दा भ्रष्टाचारको अभियोगमा एएआरलाई जरिवाना गरिएको हो । एएआरले नेपाल वायुसेवा निगमका तत्कालीन पदाधिकारीसँग मिलेर भ्रष्टाचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका