जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन विमानस्थलबाट उडान घट्ने भएपछि भाडामा मनपरी, वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

त्रिभुवन विमानस्थलबाट उडान घट्ने भएपछि भाडामा मनपरी, वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएसँगै सबैजसो अन्तर्राष्ट्रिय गन्तव्यहरूको हवाई भाडा अत्यधिक महँगो भएको छ । केही गन्तव्यको भाडा तीन गुणासम्म महँगो भएको यात्रुहरूले गुनासो गरेका छन् ।

केही समय अघिसम्म काठमाण्डौबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ रहेको भाडा अहिले एक लाख ६ हजार रुपैयाँभन्दा धेरै छ । यसअघि बढीमा ४० हजार रुपैयाँ पर्ने काठमाण्डौ–मलेसियाको न्यूनतम टिकट मूल्य अहिले ७४ हजारदेखि एक लाख ८२ हजार रुपैयाँसम्म छ । ३० देखि ४० हजार रुपैयाँ पर्ने काठमाण्डौ–दुबईको टिकट मूल्य अहिले एक लाख तीन हजारदेखि एक लाख २४ हजार रुपैयाँसम्म छ ।

टिकटको मूल्य बढ्दा श्रमका लागि विदेश जानेहरू समस्यामा परेका छन् । श्रमिक मर्कामा परेपछि रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा र भैरहवाबाट उडान गर्ने अनुमति दिने काम भइरहेको भन्दै ती विमानस्थलबाट उडान शुरू भएपछि भाडा घट्ने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि थाई एअर एशिया, फ्लाई दुबई र जजिरा एअरलाइन्सको उडान तालिका स्वीकृत भइसकेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका