जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली न्युयोर्क जाँदा ४ करोड २९ लाखभन्दा बढी खर्च

प्रधानमन्त्री ओली न्युयोर्क जाँदा ४ करोड २९ लाखभन्दा बढी खर्च

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७९औं महासभामा जाँदा ४ करोड २९ लाख ५८ हजार ८३७ रुपैयाँ खर्च भएको छ।

अर्थ मन्त्रालयले उक्त रकम गत कात्तिक महिनामा परराष्ट्र मन्त्रालयको नाममा निकासा गरेको छ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको थियो।

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका प्रस्थान गरेर १४ गते स्वदेश फर्किएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका