जोडिनुहोस
  • होमपेज
  • आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

तनहुँ। आफ्नै श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको हत्या गरेको अभियोगमा भानु नगरपालिका–८ गैरीफाँट बस्ने ४२ वर्षीय ओम नारायण श्रेष्ठलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

ओम नारायणले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा प्रतिक्षा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी प्रतिक्षाको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका