जोडिनुहोस
  • होमपेज
  • घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य सामान्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका