जोडिनुहोस
  • होमपेज
  • सहकारी ठगी अभियोगमा ढोरपाटनका मेयर देवकुमारलाई लगियो कास्की अदालत

सहकारी ठगी अभियोगमा ढोरपाटनका मेयर देवकुमारलाई लगियो कास्की अदालत

पोखरा। सहकारी ठगी प्रकरणमा बागलुङबाट पोखरा ल्याइएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिएको छ।

पोखरास्थित इमेज सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मेयर नेपालीलाई शनिबार बागलुङबाट पोखरा ल्याइएको थियो।

उनीविरुद्ध हिरासत अनुमति लिन प्रहरीले आज उनलाई अदालत लगेको हो। इमेज सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि बागलुङ कारागारमा थिए।

सो सहकारीमार्फत उनले बागलुङ र कास्की दुवै जिल्लाका बचतकर्ताको रकम ठगी गरेको आरोप लागेपछि उनलाई पोखरा ल्याइएको हो।

दुई जिल्लामा गरी मेयर नेपालीले दुई अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका