जोडिनुहोस
  • होमपेज
  • अंश विवादमा छोराले गरे बाबुको हत्या

अंश विवादमा छोराले गरे बाबुको हत्या

काभ्रे। बाबुले अंश दिन नमानेपछि छोराले हँसिया प्रहार गरी हत्या गरेका छन्।

काभ्रेको नमोबुद्ध नगरपालिका–७ धारापानी स्थित पुजारी थुम्का बस्ने ७४ वर्षीय बलबहादुर श्रेष्ठलाई उनकै छोरा ४४ वर्षीय रामलाल श्रेष्ठले हँसिया प्रहार गरी हत्या गरेका हुन्।

बाबुको हत्या गरी फरार रहेका श्रेष्ठलाई प्रहरीले उनको घर नजिकै रहेको ढोडेनी वनमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको थियो।

उनीविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर गोलेले जानकारी दिए।

कार्त्तितक ८ गते बलबहादुर श्रेष्ठ र उनका जेठो छोरा रामलाल श्रेष्ठबीच अंशबन्डाका विषयमा विवाद भएको थियो।विवादकै बीचमा रामलालले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरेका थिए भने हँसिया र फलामको आग्लो प्रहार गरी घाँटी थिचेर हत्या गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका