जोडिनुहोस
  • होमपेज
  • विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

काठमाडौं। नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

इन्टनेशनल एजेन्सी फर ‘द’ प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी) को आयोजनामा हुने ‘इन्साइट लाइभ, नेपाल’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आउँदो वैशाख १६ देखि १८ गतेसम्म काठमाण्डौमा हुन लागेको हो ।

सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आईएपीबीका सदस्य संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आईएपीबीका सदस्य रहन्छन् ।

नेपालमा आईएपीबीका सदस्य संस्थामा नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बीपी आई फाउण्डेशन रहेका छन् ।

विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थाको छाता सङ्गठनका रूपमा रहेको आईएपीबीले अन्तर्राष्ट्रियरूपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवद्र्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।

सन् २०२४ को आईएपीबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपीबीको दक्षिण पूर्वी एशियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार नेपालमा आयोजना हुने सम्मेलनमा झन्डै एक सय राष्ट्रका पाँच सय जनाले सहभागिता जनाउनेछन् ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसारसम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका