जोडिनुहोस
  • होमपेज
  • कतार एअरवेजले भोलिदेखि भैरहवामा दैनिक उडान गर्ने

कतार एअरवेजले भोलिदेखि भैरहवामा दैनिक उडान गर्ने

काठमाडौं। कतार एअरवेजले मंगलबार (भोलि) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।

कतारले सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यो वायुसेवाले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ। यससँगै मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ।

कतार एअरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका