जोडिनुहोस
  • होमपेज
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

धरान। प्रधानमन्त्री केपी शर्मा ओलीबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा आज ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानका सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई कुलपति ओलीले दीक्षित गरेका हुन् ।

भारतका शिक्षाविद् प्रा.डा ज्योतिर्मोय पलँ विषेश अतिथि रहेका उक्त कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए।

कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका