जोडिनुहोस
  • होमपेज
  • ३५६ ग्राम सुनसहित नागढुंगाबाट भारतीय पक्राउ

३५६ ग्राम सुनसहित नागढुंगाबाट भारतीय पक्राउ

काठमाडौं। काठमाडौंको नागढुङ्गा चेक प्वाइन्टमा सुन जस्तो देखिने पहेँलो धातुसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका वर्ष २७ को कनैया लाल रहेका छन्। उनको साथबाट सुन जस्तो देखिने पहेंलो धातु ११ टुक्रा (३५६ ग्राम) बरामद भएको प्रहरीले जनाएको छ।

बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु२ ख ६८५८ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परेको हो।

उनले गुप्ताङ्गमा कार्बनको कागज बाहिर खैरो रङ्गको टेपले बेरेर लुकाई छिपाई ल्याएको अवस्थामा सुन जस्तो देखिने पहेँलो धातु ११ टुक्रा फेला परेको थियो।

पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका