जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारमा ठगी, तीन जना पक्राउ

वैदेशिक रोजगारमा ठगी, तीन जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङ बडिगाड गाउँपालिका–९ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापा मेचीनगर नगरपालिका–१० घर भई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिष खड्का रहेका छन् ।

पक्राउ मध्ये कमला कुमारीले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख २५ हजार रूपैयाँ, सीताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र मनिशले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कमलालाई काठमाडौं बानेश्वरबाट र सीतालाई काठमाडौं डिल्लीबजारबाट आइतबार तथा मनिषलाई काठमाडौं टेकुबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका