जोडिनुहोस
  • होमपेज
  • उच्च पदस्थमाथि धम्की प्रकरणमा २ जना प्रहरी नियन्त्रणमा –

उच्च पदस्थमाथि धम्की प्रकरणमा २ जना प्रहरी नियन्त्रणमा –

काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई धम्कीको घटना प्रकरणमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

धम्की दिएका प्रकाश पाठक नाम गरेका व्यक्तिसँग सम्बन्ध देखिएका  तथा चिनजानका दुई व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

‘धम्की दिने भनिएका व्यक्तिसँग चिनजान र सम्पर्क देखिएपछि सोधपुछका लागि भनेर प्रहरीले नियन्त्रणमा लिएको छ । केही दिन अघि मात्र मिति उल्लेख नगरी दुई पृष्ठ लामो पत्र सार्वजनिक भएको थियो । जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईदेखि नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, अख्तियारकै पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको नाम उल्लेख गर्दै धम्की दिइएको थियो ।

यतिमात्रै होइन यो पत्र सार्वजनिक भएपछि एउटा भिडियो सन्देश समेत सार्वजनिक गर्दै प्रकाश पाठक नाम बताउनेले १० दिनभित्र राजीनामा दिन अख्तियार प्रमुख राईलाई धम्की समेत दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका