जोडिनुहोस
  • होमपेज
  • जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तनहुँ। ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१ थप्रेक मिया गाउँ बस्ने ४६ वर्षीय सफिदिन मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मियाले ती महिलालाई कात्तिक २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका