जोडिनुहोस
  • होमपेज
  • अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिने बंगलादेशको तयारी

अपदस्थ प्रधानमन्त्री हसिनालाई भारतबाट फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिने बंगलादेशको तयारी

काठमाडौं। बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ । बंगलादेशको अन्तरिम सरकारका कानुन मन्त्री असिफ नजरुलले हसिनासँगै उनका पार्टीका अन्य फरार नेतालाई फेला पार्न ‘इन्टरपोल’को सहयोग लिने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तरिम सरकारले इन्टरपोललाई ‘रेड कर्नर नोटिस’ जारी गर्न भनेको समेत कानुनमन्त्री नजरुलले बताए । विद्यार्थी आन्दोलनको क्रममा शेख हसिना र उनका पार्टीका नेता तथा कार्यकर्ताले नरसंहार गरेको भन्दै बंगलादेशको अन्तर्राष्ट्रिय क्राइम ट्रिब्युनल कोर्ट–आईसीटीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यस्तै आईसीटी पक्राउ पुर्जी जारी गरेसँगै ती अभियुक्तहरुलाई पक्राउ गर्न वा नोभेम्बर १८ भित्र अदालत समक्ष पेस गर्ने आदेश जारी गरेको थियो ।

सोही विषयमा मुद्दा चलाउन हसिनासहितका नेताहरुलाई विदेशबाट स्वदेश ल्याउन इन्टरपोलको सहयोग लिइएको बताइएको छ । कानुनमन्त्री नजरुलले उक्त प्रक्रिया चाँडै सुरु हुने बताउनुभएको छ । फ्रान्सले भने पक्राउ पुर्जी जारी गरिएको आधार र सदस्य राष्ट्रहरुको पहलमा रेड कर्नर नोटिस जारी गरिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

हसिनाविरुद्ध विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा बंगलादेशमा ७ सयभन्दा बढीको मृत्यु भएको थियो । हिंसा भड्किएपछि राजीनामा दिएर शेख हसिना भारततर्फ पलायन हुनु भएको थियो । त्यसयता उनी भारत मै बस्नुभएको छ ।

हसिना र अन्य फरार अवामी लीगका नेताहरूमाथि जुलाई र अगस्टमा भएको विरोधलाई दबाउन र मानवताविरुद्धको अपराध गरेको आरोप छ । अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससहित ६२ जनाविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा ‘नरसंहार’ र अन्य अपराधको उजुरी परेपछि सरकारले शेख हसिनालाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको हो ।

सिलहटका पूर्व मेयर अनवरज्जमान चौधरीले युनुससहित ६२ जनाविरुद्ध उजुरी दिएका हुन् । चौधरीले उजुरीमा ‘बंगलादेशमा अवामी लिगका नेता र कार्यकर्ता, हिन्दु, इसाई, बौद्ध र प्रहरी विरुद्ध नरसंहार र मानवता विरुद्धको अपराधको आरोप लगाउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका