जोडिनुहोस
  • होमपेज
  • गौशाला धर्मशालामा मारवाडी सेवा समितिको कुनै पनि हक नभएको काठमाडौं जिल्ला अदालतको व्याख्या

गौशाला धर्मशालामा मारवाडी सेवा समितिको कुनै पनि हक नभएको काठमाडौं जिल्ला अदालतको व्याख्या

काठमाडौं। काठमाडौं जिल्ला अदालतले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको कुनै पनि हक नभएको व्याख्या गरेको छ ।

अदालतले आज सार्वजनिक गरेको पशुपति क्षेत्र विकास कोषको गौशाला धर्मशाला विवादसम्बन्धी फैसलाको पूर्णपाठमा मोहियानी हकमा समितिको दाबी नपुग्ने र करारको शर्त पालना नभए कोषले सम्झौता अन्त्य गर्नसक्ने उल्लेख छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलले गत असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको हो । पूर्णपाठ सार्वजनिक नहुँदा धर्मशाला खाली गर्ने बिषयमा समिति र महानगरबीच द्वन्द्वको अवस्था सिर्जना भएको थियो ।

फैसलामा मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषसँगको सम्झौतामा मोहियानी हक नरहेको स्विकार गरिसकेको र यसअघि सर्वोच्चबाट भएको फैसलामा समेत बिषयको टुङ्गो लागिसकेकाले अहिले फेरि सोही विवाद निकाल्न नमिल्ने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका