जोडिनुहोस
  • होमपेज
  • अमेरिकी डलर साट्ने बहानामा नौ लाख ठगी, दुई जना पक्राउ

अमेरिकी डलर साट्ने बहानामा नौ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा निवासी वर्ष २६ को ललित बहादुर पाईन र वर्ष २४ का कृष्ण लाल पाईन रहेका छन्।

उनीहरूले अमेरिकन डलर साट्ने बहाना बनाई भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा बोलाई नेपाली नगद ९ लाख ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्‍यक कारबाहीका लागि काक्तिक २८ गते जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका