जोडिनुहोस
  • होमपेज
  • जाडो छल्न आगन्तुक चरा चितवनमा

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन। जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ। चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइबेरिया, रुस लगायतका देशबाट चराहरू यहाँ आएका हुन्।

नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातिका चरा आएका छन्। उनले भने, ‘अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ। योसँगै चराहरू हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन्।’

चखेवा, जलेवा, कालो गरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरू आएको उनले बताए। नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उनको भनाइ छ।

विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरू हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उनले जानकारी दिए। यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातिका चार यहाँ आउने गरेको उनको भनाइ छ।

संयोजक बिडारीले भने, ‘अहिले आएका चराहरूले बच्चा कोरल्ने काम गर्दैनन्। गर्मी मौसम सुरु भएसँगै यी चराहरू फर्कने गर्दछन्।’ तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उनले जानकारी दिए।

अहिले हाँस प्रजातिका चराहरू आइसकेको जनाउँदै उनले अन्य चराहरू पनि आउने क्रम जारी रहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका