जोडिनुहोस
  • होमपेज
  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको छ।

उनी २०४८ सालको प्रतिनिधिसभामा सभामुख थिए। अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनलाई घरबाट अस्पताल ल्याइ पुर्‍याउँदा उनको निधन भइसकेको थियो। ८३ वर्षको उमेरका उनको निधन भएको हो।

ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

गणतन्त्र स्थापनाका लागि भएको २०६२र०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका