जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा डढेलोः लाखौं विस्थापित हुँदा हजारौं संरचना जलेर नष्ट, ५ जनाको मृत्यु

अमेरिकामा डढेलोः लाखौं विस्थापित हुँदा हजारौं संरचना जलेर नष्ट, ५ जनाको मृत्यु

लस एन्जलस। अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको मृत्यु भएको छ । कयौँ व्यक्ति घाइते भएका छन् ।

जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ ।

अमेरिकामा एक दिन आएको डढेलो धेरै स्थानमा निभिसकेको छ। तर यसले एक दिनमा नै भयङ्कर क्षति गरेको छ। पाँच जनाको ज्यान लिएको डढेलोले एक हजार भन्दा बढी संरचना ध्वस्त भएका छन्।

मंगलबार पालिसेडबाट सुरु भएको आगोले त्यसै क्षेत्रमा सबै भन्दा बढी क्षति गरेको हो। लाखौं मानिस घर छाड्न बाध्य भएका छन्। यसरी घर छाड्नेहरू मध्य पालसेडमा ३७ हजार छन्।

इटनबाट एक लाख जनाले घर छाडेका छन्। पालसेड इटोन, रस्ट र उड्ली गरेर चार क्षेत्रमा डढेलोले असर गरेको थियो।

प्यासिफिक पेलिसेडको छेवैमा रहेको सान्टा मोनिकामा पनि धेरैलाई सो स्थान छाड्नका लागि आदेश दिइएको छ। अन्य पहाडी क्षेत्रको तुलनामा बाक्ले बस्ती रहेको सो स्थानमा अहिले धेरै घरमा ढोका लगाइएका छन्। मानिस ओसार्नका लागि बस तैनाथ छन्।

लस एन्जलसबाट विस्थापित हुनेमा कमला ह्यारिसको परिवार पनि छ। ह्यारिसको लसएन्जलसमा रहेको घर पनि डढेलोले प्रभावित भएको छ। डढेलोका कारण १५ लाख जनाले बिजुलीको सुविधा गुमाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका