जोडिनुहोस
  • होमपेज
  • नेपाल एअरलाइन्सको मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

नेपाल एअरलाइन्सको मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन–एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ।

अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनः उडान सुरु गरेको हो।

आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो। फर्किंदा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उडेको छ।

मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एअरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका