जोडिनुहोस
  • होमपेज
  • बहुविवाहका फरार प्रतिवादी पक्राउ

बहुविवाहका फरार प्रतिवादी पक्राउ

बैतडी। फरार रहेका बहुविवाह मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ परेको छ। बैतडीको मेलौली नगरपालिका–१ का ४० वर्षीय सुरेशसिंह विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिल्ला अदालत बैतडीको फैसलाले बहुविवाह मुद्दामा ११ महिना २६ दिन कैद सजाय तोकेपछि विष्ट फरार थिए।

विष्टलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले आइतबार पाटन नगरपालिका–६ बाट पक्राउ गरेको बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

पक्राउ परेका विष्टलाई सोमबार अदालतमा बुझाइने तयारी रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका