जोडिनुहोस
  • होमपेज
  • सरकारले सय दिनमा गर्छु भनेका ७० प्रतिशत काम पूरा भए : प्रधानमन्त्री ओली [पूर्ण पाठसहित]

सरकारले सय दिनमा गर्छु भनेका ७० प्रतिशत काम पूरा भए : प्रधानमन्त्री ओली [पूर्ण पाठसहित]

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उनले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै उनले ७० प्रतिशत प्रगति भएको दाबी गरेका हुन् । उनले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताए ।

अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उनको भनाइ छ ।

सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उनले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गरे । उनले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गरे । उनले जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताए ।

पूर्ण पाठ :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका