जोडिनुहोस
  • होमपेज
  • पाथीभरा मन्दिरमा कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी

पाथीभरा मन्दिरमा कार्तिकमा मात्रै ३७ लाख ४४ हजार भेटी

ताप्लेजुङ। पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँ भेटी संकलन भएको छ। आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा प्रेषित सूचनामा उल्लेख भए अनुसार कार्तिकमा ६१ हजार १ सय ७३ तीर्थयात्री आएका थिए।

पाथीभरामा तीर्थयात्रीले चढाएको भेटी रकम कर्मचारीले संकलन गर्ने गरेका छन्। त्यही रकम सदरमुकाम फुङलिङ ल्याउने र गणना गरेर बैंकमा जम्मा गर्ने गरिन्छ। गणना सकिएपछि समितिले हरेक महिनाको भेटी सार्वजनिक गर्दै आएको छ।

समितिले सरसफाई अभियानमा सहभागीलाई धन्यवाद दिएको छ। शनिबार काफ्लेपाटीदेखि मन्दिररसम्म बृहत सरसफाई अभियान सञ्चालन गरेको थियो। सहभागी तीनैवटा सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी, स्थानीयलाई धन्यवाद दिएको हो।

समितिले ८ सय २५ केजी प्लाष्टिकजन्य वस्तु, २५ केजी सिसाका बोतल, ६५ केजी टिन र काठका टुक्रा तथा ६५ केजी फलामका टुक्रा संकलन गरेर व्यवस्थापन गरेको पनि जनाएको छ।

प्लाष्टिकजन्य वस्तुहरुलाई जलाएर नष्ट गरिएको र नकुहिने तथा नसड्ने वस्तुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?