जोडिनुहोस
  • होमपेज
  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

रुकुम पश्चिम। रुकुम पश्चिममा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

चौरजहारी नगरपालिका वडा नम्बर २ की दीपा कुमाललाई श्रीमान मधु कुमालको हत्या अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

३२ वर्षीया दीपाले ४० वर्षीय मधुको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार दीपा र मधुका १६ वर्षीय छोरा खिमले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। घरायसी विवादका क्रममा दीपाले मधुलाई चिपर्ट प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतकको शव अहिले पोस्टमर्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका