
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सभामुखको पदबाट राजीनामा दिएका छन्। उनले उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। आधिकारिक रुपमा राजिनामा पत्र बुझाएसँगै सभामुख पद खाली भएको छ ।पाठकले राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेशसभा सचिवालयलाई समेत पठाएका छन्। पत्रमा जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा युवाको ज्यान गुम्नु परेको घटनाले आफू गहिरो भावनात्मक आघातमा परेको उल्लेख गरेका छन्। जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा रहन उचित नहुने निष्कर्षमा पुगेको भन्दै उनले राजीनामा दिएको स्पष्ट पारेका छन्।
राप्रपाका पाठक ६२ मत प्राप्त गर्दै सभामुख पदमा निर्वाचित भएका थिए। उनको सभामुख पदको निर्वाचनको क्रममा राप्रपाका पाठकको उम्मेदवारीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन गर्दै ६२ मत प्राप्त गरेर निर्वाचित भएका थिए । अव बागमती प्रदेशसभा नयाँ सभामुख चयनको प्रक्रिया हुनेछ ।





























