जोडिनुहोस
  • होमपेज
  • रास्वपाले ७ बजे ७ मिनेट घण्टी बजाउने

रास्वपाले ७ बजे ७ मिनेट घण्टी बजाउने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार साँझ ७ बजे ७ मिनेट घण्टी बजाउने भएको छ। भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध घण्टी बजाउन लागिएको रास्वपाले जनाएको छ।

आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको भन्दै रास्वपाले खबरदारीस्वरूप घण्टी बजाउन लागेको हो।

२०७९ सालको आम निर्वाचनबाट राजनीतिको मूलधारमा उदाएको रास्वपा मुलुकको चौथो ठूलो दल हो। ‘आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घण्टी बजाउन सबैमा अनुरोध गर्दछौँ,’ रास्वपाले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका