जोडिनुहोस
शुक्रबार, कार्तिक ७, २०८३
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • बालकुमारीमा आगलागी : फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट 

बालकुमारीमा आगलागी : फार्मेसी, जुम्बा डान्स सेन्टर र पसल नष्ट 

स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् चुहावट भएर गएराति आगलागी भएको थियो। आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ।

आगलागीबाट श्रेष्ठको घरसँगैको एउटा पान पसल र मःम पसल पनि जलेर नष्ट भएको छ। सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने यकिन नभएको प्रहरीले जनाएको छ।

पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो। आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी टोली परिचालन गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका