जोडिनुहोस
  • होमपेज
  • घट्यो वैदेशिक सहायता प्रतिबद्धता, तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त

घट्यो वैदेशिक सहायता प्रतिबद्धता, तीन महिनामा ३७ अर्ब १८ करोड प्राप्त

काठमाडौं। नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता घटेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा नेपालले ३७ अर्ब १८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार, गएको साउन, भदौ र असोजमा नेपालले उक्त सहायता प्रतिबद्धता पाएको हो । प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश ६३.९ र ऋणको अंश ३६.१ प्रतिशत छ ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा नेपालले प्राप्त गरेको यस्तो प्रतिबद्धता ४० अर्ब ६८ करोड रुपैयाँ थियो । कुल सहायता प्रतिबद्धतामध्ये ३८.४ प्रतिशत वातावरण र जलवायु क्षेत्रमा प्राप्त भएको छ । यातायात क्षेत्रमा ३६.१, सामाजिकमा २०.५ र ४.९ प्रतिशत अरू क्षेत्रमा प्राप्त भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका