जोडिनुहोस
  • होमपेज
  • खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली

काठमाडौं। काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिको नामबाट र्‍याली निकालिएको हो।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली माइतीघर मण्डला आइपुगेको छ। २०८० पुस ३ मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरूमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो।

त्यसअघि २०६५ सालमा मन्त्रिपरिषद्ले बागमती, विष्णुमती लगायत ठूला नदीहरूमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो। पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो।

यो कार्यान्वयन गर्दा सयौँको उठिबास लाग्ने भन्दै विरोध प्रदर्शन भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका