जोडिनुहोस
  • होमपेज
  • एक लाख रूपैयाँ जरिवानाः एमालेले बुझेन महानगरको पत्र

एक लाख रूपैयाँ जरिवानाः एमालेले बुझेन महानगरको पत्र

काठमाडौं। काठमाडौं महानगरपालिकाको एक लाख रूपैयाँ जरिवाना गरिएको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ।

आइतबार महानगर प्रहरीका इन्स्पेक्टर किशोरकुमार भट्टराई नेतृत्वको टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो। तर एमालेले उक्‍त पत्र बुझाउन अस्वीकार गरेको हो। त्यसपछि महानगर प्रहरी बलको टोली फर्किएको छ।

एमालेले जागरण सभाबाट दरबारमार्गमा फोहोर भएको भन्दै महानगरले जरिवाना गरेको पत्र सार्वजनिक भएको थियो।एमाले नेताहरूले औपचारिक रूपमा पत्र प्राप्त नभएकाले त्यसको औचित्य नरहने बताउन थालेपछि महानगरले आइतबार एमाले कार्यालय पुगेर पत्र बुझाउन खोजेको थियो।

एमालेको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले दरबारमार्गको कार्यक्रमको आयोजक केन्द्रीय कार्यालय नभएको बताएर पत्र बुझ्न अस्वीकार गरेका थिए। उनले आयोजक भएको ठाउँमा गएर पत्र बुझाउन आग्रह गर्दै पत्र नलिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका