जोडिनुहोस
  • होमपेज
  • क्यान्सरविरूद्धको थप ५ लाख मात्रा एचपीभी खोप ल्याइयो

क्यान्सरविरूद्धको थप ५ लाख मात्रा एचपीभी खोप ल्याइयो

काठमाडौं। किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) विरूद्धको खोप ल्याइएको छ। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार ४ लाख ९६ हजार २८० मात्रा खोप ल्याइएको छ। सरकारले यसअघि पनि दुईपटक एचभिपी खोप ल्याइसकेको छ। उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ।

यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले जानकारी दिए। ‘एचपीभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट ल्याइएको हो। सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दै छ।

१५ दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए।

उनका अनुसार १७ लाख ७० हजार मात्रा खोप गाभीले नेपाललाई उपलब्ध गराउनेछ । नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाको मृत्यु हुने गरेको छ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसविरूद्ध खोप लगाउनुपर्ने हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका