जोडिनुहोस
  • होमपेज
  • म्याग्दीको बास्कुनामा टिप्ने बेला भएको सुन्तला आफैं झर्न थालेपछि किसान चिन्तित

म्याग्दीको बास्कुनामा टिप्ने बेला भएको सुन्तला आफैं झर्न थालेपछि किसान चिन्तित

म्याग्दी। म्याग्दीमा टिप्ने बेला भएको सुन्तला आफैं झर्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताउनुभयो । उहाँका अनुसार कात्तिक तेस्रो हप्तादेखि सुन्तला झर्न थालेकोमा अहिलेसम्म झन्डै २५ प्रतिशत झरिसकेको छ ।

किसानको गुनासोपछि गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् ।

प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो । दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका किसान दीर्घबहादुर खत्रीले बताउनुभयो । बेनी –३ मरेक र मङ्गला गाउँपालिकामा पनि सुन्तला झर्ने समस्या देखिएको किसानले बताएका छन् ।

बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले झन्डै १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार गएको वर्ष म्याग्दीमा २१ करोड रुपैयाँ बराबरको तीन हजार ६ सय मेट्रिक टन सुन्तला बिक्री भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका