जोडिनुहोस
  • होमपेज
  • मौसम अनुकूल नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

मौसम अनुकूल नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम उडान अनुकूल नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ भएको छ।

उनलाई बुद्ध एअरको जहाजमार्फत् ८ः४० बजे काठमाडौं ल्याउने तयारी गरेको भए पनि बाक्लो हुस्सु–तुवाँलो लागेर भिजिबिलिटी नपुगेकाले उडान अवरूद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जशोधा रेग्मीले जानकारी दिइन्।

‘विमानस्थलमा बाक्लो हुस्सु लागेकाले उडान कार्यतालिका प्रभावित भएको छ,’ उनले भनिन्। सहकारी ठगी, संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको निक्षेप अपचलनको अनुसन्धानका लागि ल्याउन लागेको हो।

यसअघि उनलाई सुप्रिम बचत तथा ऋण सहकारीको निक्षेप अपचलनमा संलग्न देखिएको भन्दै रूपन्देही पनि लगिएको थियो।

त्यहाँ दुई दिन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि उनलाई बुटवल नै फर्काइएको थियो। सहकारी ठगी तथा संगठित अपराधको कसुरमा सभापति लामिछाने गत कात्तिक २ गते पार्टी कार्यालय चःमतीबाट पक्राउ परेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका