जोडिनुहोस
  • होमपेज
  • काठमाडौंका यी स्थानमा आज ४ घण्टा बिजुली काटिने

काठमाडौंका यी स्थानमा आज ४ घण्टा बिजुली काटिने

काठमाडौं। काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा मंगलबार बिजुली कटौती हुने भएको छ।

‘केबल लाइन’ विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले यी क्षेत्रमा मंगलबार ४ घण्टा लाइन काट्न लागेको हो।

प्राधिकरणले सूचना प्रकाशन गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको छ।

काम निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने पनि प्राधिकरणले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका