जोडिनुहोस
  • होमपेज
  • पूर्वराजा शाह आगामी साता नेपालगन्ज भ्रमणमा जाने

पूर्वराजा शाह आगामी साता नेपालगन्ज भ्रमणमा जाने

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता नेपालगञ्ज भ्रमणमा जान लागेका हुन् ।

पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकले आज बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने निश्चित भएको जानकारी गराए।

पूर्वराजा शाहको साथमा उनकी पत्नी कोमल शाहसमेत रहने छिन् । अहिलेको भ्रमणका क्रममा हुने कार्यक्रमबारे शाहको सचिवालयले केही खुलाएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका