जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आजै चीन जान लागेकी हुन्।

मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ। ‘चिनियाँ विदेशमन्त्री पनि छेङ्दुमा आयोजित एक कार्यक्रममा आउने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘दुई समकक्षीबीच छेङ्दुमै भेटवार्ता हुनेछ।’

भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ।आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन्।

परराष्ट्रमन्त्री राणा सोही भ्रमणको तयारीका लागि आजै चीन जान लागेकी हुन्। उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका