जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार काठमाडौं ल्याइँदै छ।

स्रोतका अनुसार सभापति लामिछानेलाई बिहीबार साँझ ५ बजे बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याउन लागिएको हो।

सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो।

सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। लामिछानेलाई काठमाडौं लगेर बयान लिइनेछ।

सभापति लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको पनि अभियोग छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका