जोडिनुहोस
  • होमपेज
  • पर्वतका बलात्कार आरोपी पोखराबाट पक्राउ

पर्वतका बलात्कार आरोपी पोखराबाट पक्राउ

पर्वत। जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा पाँच महिनादेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ।

पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार फलेवास नगरपालिका–६ देवीस्थानका २५ वर्षीय शक्ति श्रेष्ठलाई कास्कीको पोखरा महानगरपालिका–३३ बागमारामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

पीडितको जाहेरीका आधारमा करणी सम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी मुद्दाको अनुसन्धान भइरहेको अवस्थामा श्रेष्ठ फरार रहेका थिए। तर पर्वत प्रहरीले विशेष सूचना तथा प्राविधिक विश्लेषणका आधारमा घटना भएको भनिएको पाँच महिनापछि उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका