जोडिनुहोस
  • होमपेज
  • आज रातिदेखि कीर्तिपुर र काठमाडौं–१६ मा मदिरा बेचबिखन निषेध

आज रातिदेखि कीर्तिपुर र काठमाडौं–१६ मा मदिरा बेचबिखन निषेध

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज रातिदेखि मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाएको जानकारी दिएका छन्।

मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको मेयर पद र वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि निर्वाचन हुँदैछ। त्यस्तै काठमाडौं वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदको लागि निर्वाचन हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ।

निर्वाचन हुने सीमा क्षेत्रको ५०० मिटरभित्र पनि ती पदार्थहरू बेचबिखनमा निषेध गरिएको छ। उक्त आदेशको उल्लंघन गरेमा कारबाही गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका