जोडिनुहोस
  • होमपेज
  • कालीकोटमा बोलेरो जीप दुर्घटना, १० जनाको मृत्यु

कालीकोटमा बोलेरो जीप दुर्घटना, १० जनाको मृत्यु

सुर्खेत। कालीकोटको पलाता गाउँपालिका–३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। अन्य १० जना घाइते छन्।

गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार बाँकी १० जना घाइते छन्।

उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका