जोडिनुहोस
  • होमपेज
  • चार नवनियुक्त राजदूतले लिए शपथ

चार नवनियुक्त राजदूतले लिए शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति पौडेलले आइतबार चार राजदूतलाई शपथ गराएका हुन् ।

महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिकाका निम्ति नेपाली राजदूत लोकदर्शन रेग्मीले शपथ लिए ।

यस्तै, जर्मनीका निम्ति नेपाली राजदूत डा. शैल रूपाखेती, साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका निम्ति नेपाली राजदूत चित्रलेखा यादवले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका