जोडिनुहोस
  • होमपेज
  • पूर्व मन्त्री अधिकारीलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिट सर्वोच्चद्धारा दरपिठ

पूर्व मन्त्री अधिकारीलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिट सर्वोच्चद्धारा दरपिठ

काठमाडौं। कोशी प्रदेशका पूर्व कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्धा नचलाउने निर्णय विरुद्धको सर्वोच्चमा दायर रिटलाई दर्ता गर्न अस्वीकार गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा आइतबार निर्णय गर्दै सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिदिएका हुन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व मन्त्री अधिकारीमाथि मुद्धा चलाउन नपपर्ने निर्णय बदर हुनुपर्ने र पुनः अभियोग पत्र दायर गर्नु भनी आदेश माग गरेका थिए ।

सर्वोच्च अदलातका रजिस्ट्रार पोखरेलले भने मुद्धा चलाउने वा नचलाउने अधिकार जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखलाई ऐनले नै दिएकाले त्यसविरुद्ध रिट दर्ता नहुने भन्दै दरपिठ गरेका हुन् ।

जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको पूर्व मन्त्री अधिकारीमाथि आरोप लागेको थियो । मानव तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई भने प्रतिवादी बनाइएको छ ।

उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दर्ता भइसकेको छ । एमाले प्रदेश सांसद अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका