जोडिनुहोस
  • होमपेज
  • रौतहटको गढीमाई –८ मा एकीकृत समाजवादी र ईशनाथ–७ मा कांग्रेस उम्मेदवार विजयी

रौतहटको गढीमाई –८ मा एकीकृत समाजवादी र ईशनाथ–७ मा कांग्रेस उम्मेदवार विजयी

रौतहट। रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन्।

हिजो सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याइन् भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।

यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए।

यसैबीच ईशनाथ नगरपालिका वडा –७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी भएका छन्।

उनका प्रतिष्पर्धि एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका