जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिबेदनमाथि छलफल जारी

माओवादी केन्द्रीय समितिः प्रचण्डको प्रतिबेदनमाथि छलफल जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल सुरू भएको छ। हिजोबाट स्मार्ट दरबार ब्यांक्वेट धुम्बाराहीमा जारी भएको केन्द्रीय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिबेदनमाथि छलफल सुरू भएको हो।

केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्। सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका एजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो।

आजवाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ। बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका