जोडिनुहोस
  • होमपेज
  • रविको राहदानी दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा

रविको राहदानी दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा

काठमाडौं। राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन सोमबार पेशीमा चढेको छ।

महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो।

अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो। र, तहगत हुँदै तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ मा मुद्दा नचल्ने निर्णय गरेका थिए।

त्यही निर्णयका विरुद्ध २०७९ चैत २० मा दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको छ । युवराज पौडेलले उक्त निर्णय खारेज गरेर लामिछानेमाथि अनुसन्धान गर्न आदेश हुनुपर्ने माग गरी रिटनिवेदन दर्ता गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका