जोडिनुहोस
  • होमपेज
  • एमाले–कांग्रेस गठबन्धनलाई पछि पार्दै रुकुमको पुथा उत्तरगङ्गामा माओवादी विजयी

एमाले–कांग्रेस गठबन्धनलाई पछि पार्दै रुकुमको पुथा उत्तरगङ्गामा माओवादी विजयी

काठमाडौं। रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नरपुरा बुढा भएका छन् ।

बुढाले ३ हजार ६ सय २७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १सय २८ मत प्राप्त गरेका छन् ।

पुथा उत्तरगङ्गामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । तर पनि माओवादीकी उम्मेदवार बुढा १५ सयभन्दा धेरै मतले विजयी भएका हुन्।

नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव तुलाचनले कांग्रेसको चुनाव चिह्न रुखबाट चुनावमा प्रतिस्पर्धा गरेक। यसअघि यहाँ कांग्रेस विजयी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका