जोडिनुहोस
  • होमपेज
  • अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्। उनी मंसिर २३ देखि २५ गते (डिसेम्बर८–१०) सम्म काठमाडौंमा आउने भएका हुन्।

उनी दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर नेपाल आउन लागेका हुन्। लु नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

उक्त अवसरमा नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा उनले युवाहरूसँग साक्षात्कार गर्नेछन् भने केही नेतासँग पनि भेटवार्ता गर्ने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका