जोडिनुहोस
  • होमपेज
  • गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा

गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो ६४१ किलो गाँजा

विराटनगर। सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ। प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो।

प्रहरीले ६४१ किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए। दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका